लण्डन। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको अध्यक्षमा रोमियन लिम्बु निर्वाचित भएकी छन्।

रोमियन लिम्बुको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति पनि चयन भएको छ। जसमा रोमियन लिम्बु अध्यक्ष तथा ध्रुब दत्त र सुरेशराज पाठक उपाध्यक्ष, रितेश चाम्स महासचिब, सृजना निङलेखू सचिब, इन्दू लिम्बू कोषाध्यक्ष र सन्तकुमार राई सहकोषाध्यक्षमा चयन भएका छन्। त्यस्तैगरी सदस्यहरुमा क्षमता ढकाल, गोविन्द अर्मजा, दीपक मैथाने मगर, अनामिका तमू र प्रतिमा दुद्राज चयन भएका छन्।


नेपाली चलचित्र र चलचित्रकर्मीहरुको विकास, संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले ३२ बर्षअघि स्थापित नेपाल चलचित्र कलाकार संघ बेलायत शाखा यसै बर्ष स्थापना भएको हो।

 

बेलायतका लागि नेपाली राजदुत डा.दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपालबाट आएका नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष रविन्द्र खड्का, संस्थाकी संस्थापक सदस्य वरिष्ठ गायिका मीरा राणा र पूर्वउपाध्यक्ष तथा अभिनेता धिरेन शाक्य, बेलायतमा नै रहेका अग्रज अभिनेता सनम कुमार बैराग, विनोद चिपालु लगायतको विशेष आतिथ्यता रहेको थियो।


प्रकाशन मिति–२०७६ साल मंसीर २ गते सोमवार।