chhakka-panja-in-uk1लण्डन। बेलायतमा पनि नेपाली फिल्मको प्रदर्शन हाल आएर अत्यन्त सन्तोषजनक हुन थालेको छ। नेपाली चलचित्रको अन्तरराष्ट्रिय मार्केटको नयाँ माध्यमको रुपमा हाल विकसित हुन थालेको बेलायतको सिने वल्र्डका १० हलहरुमा केही साताअघि पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ अभिनित चलचित्र गाजलु प्रदर्शन भएको थियो।

चलचित्र मारामार चलेपछि निर्देशक दीपालाई दीपक र प्रियंकाको चुम्वन बर्षा साथमा वितरक गोपाल कायस्थ
चलचित्र मारामार चलेपछि निर्देशक दीपालाई दीपक र प्रियंकाको चुम्वन बर्षा साथमा वितरक गोपाल कायस्थ

त्यसको लगतै शनिवार नयाँ नेपाली चलचित्र छक्का–पञ्जा प्रदर्शन गरिएको छ। नेपालमा अत्यन्त हिट बनेर दोश्रो सातामा शानदार चलिरहेको नेपाली चलचित्र छक्का–पञ्जालाई बेलायतका दर्शकहरुले पनि अत्यन्त मन पराएका छन्। दीपकराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र छक्का पन्जा अल्डरसटस्थित प्रिन्सेस हलमा ‘हाउसफुल’ प्रदर्शन भएको हो । आयोजकमध्ये एक बीरेन खडकाले फिल्म हेर्न ५६५ दर्शक सहभागी भएको जानकारी दिए । ‘हामीले नसोचेका दर्शक आए,’ खडकाले भने, ‘दर्शक मागका कारण आगामी २५ सेप्टेम्बर साँझ एकै दिन लन्डन, उलविच र स्वीन्डनमा समेत देखाउने भएका छौं ।’ एनआरएनए युरोप संयोजक कुल आचार्यले दीप प्रज्वलन गरेपछि दुई देशका राष्ट्रिय गानसँगै प्रदर्शन अघि बढेको थियो।

chhakka-panja-in-uk

लन्डनस्थित नामी भ्यु सिनेमा हलमा समेत ‘छक्का पन्जा’ लगाउन गृहकार्य भइरहेको खडकाले जानकारी दिए । नेपलिज इन्टरटेन्मेन्ट यूकेले ‘छक्का पन्जा’ बेलायत ल्याएको हो । आयोजक समूहमा राजेन्द्र गुरुङ, अनील मल्ल र दीपक खड्कासमेत थिए । दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले हास्यव्यंग्यबाहेक रेमिट्यान्समाथि निर्भर नेपाली समाजमा त्यसले उब्जाएका सामाजिक विचलन पक्ष राम्ररी समेटेको छ ।

Deepak Priyanka in Chhakka Panja 1

फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउतलगायत कलाकार छन् । ‘छक्का पन्जा’ फिल्म निर्माण टोलीले यसअघि बनाएका ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ पनि बेलायतमा राम्ररी प्रदर्शन भएका थिए।
प्रकाशन मिति–२०७३ साल असोज ३ गते सोमवार ।