लण्डन । बेलायतमा प्रत्येक १० बर्षमा एकपल्ट जनगणना हुने गरेको छ। यसक्रममा यो बर्ष सन् २०२१ को मार्च २१ का दिन जनगणना हुन लागेको हो।

यो बर्षको मार्च २१ का दिन बेलायतमा हुन गैरहेको जनगणनामा बेलायतमा बसोबास गर्ने संपूर्ण नेपालीहरुको ब्यापक सहभागिताको लागि गैर–आवासीय नेपाली संघ तथा इंग्ल्याण्ड राज्य समन्वय परिषदद्वारा सहभागी हुन आव्हान गरेको छ।

बेलायतमा प्रत्येक १० वर्षमा जनगणनाद्वारा यहाँ बसोबास गर्ने मानिस हरुको आंकडा संकलन गर्ने गरिन्छ। जनगणना २१ मार्च २०२१ को दिन हुन गैरहेको छ। सन् २०११ को जनगणनामा इंग्ल्याण्ड तथा वेल्स राज्यमा नेपाली समुदायबाट आंसिक रुपमा मात्र सहभागीता रहेको थियो।

जनगणनामा उमेर , स्वास्थ्य, लिङ्ग देखि लिएर बेलायतमा बसोबास गर्ने मानिसहरुका आस्था, धर्म, संस्कृति, पेशा लगायत अन्य महत्वपुर्ण बिषयहरुका सम्बन्धमा प्रश्न तयार गरि सूचना संकलन गरिन्छ । उक्त संकलन गरिएको आङ्कडाहरु शिक्षा, स्वास्थ्य, समान–अधिकार, लगायत अन्य महत्वपुर्ण सरकारका योजनाहरुमा लगानी तथा निर्यणहरु लिनको लागि प्रयोग गरिन्छ।

सरकारले कोही पनि सुबिधाबाट बन्चित हुन नपरोस् भन्ने अभिप्रायबाट आयोजना गरिने यो जनगणना कार्यक्रममा सम्पूर्ण नेपाली समुदायको पूर्ण सहभागिता रहोस भन्ने एनआरएनए युके को चाहना रहेको जनाइएको छ।


प्रकाशन मिति–२०७७ साल माघ २० गते मंगलवार ।