लण्डन। सुमधुर स्वर तथा कोकिल कण्ठी आवाजको कारण अत्यन्त चर्चामा रहेकी गायिका मिलन अमात्यको फस्ट टाइम बेलायतमा मिलन अमात्य म्युजिकल नाइट हुने भएको छ।

ईनास युकेको आयोजना तथा गोर्खा क्लबको प्रायोजनमा यही १८ फरवरी आइतवारका दिन हुने भएको छ। एक हजारभन्दा बढी गीत गाइसकेकी गायिका मिलन अमात्यले एघार भाषामा गीत गाइसकेकी छन्।

बेलायतमा पनि विभिन्न चर्चित गीतका साथमा मिलनले तहल्का मच्चाउने पक्का भएको छ। मिलन अमात्य नाइटको कार्यक्रम संचालन तथा होस्टिङ बेलायतमा रहेका ख्यातिप्राप्त नेपाली अभिनेता तथा गोर्खा क्लबका संचालक मनिष कुमार श्रेष्ठले गर्ने भएका छन्। साथमा अन्य कलाकारका विविध प्रस्तुति समेत रहने बताइएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ४ गते शुक्रबार ।