Samaya Drishya prachar 4काठमाडौ। नेपाल बाहिर बेलायतमा पहिलो पल्ट मञ्चन भएको नाटक समय दृश्यको यतिखेर निक्कै चर्चा तथा त्यसको लोकप्रियतमा दिनप्रतिदिन बृद्धि भएर गएको छ। गत अप्रिल २३ का दिन लण्डनको रिडिङ्गमा बरिष्ठ रंगकर्मी सनम कुमार बैरागव्दारा निर्देशित नाटक समय दृश्यको मञ्चन भएको थियो।

Samay Drishya Natak

गत बर्ष बैशाख १२ गते नेपालमा गएको विनाशकारी महाभूकम्पको त्रास र त्यसको असरलाई मूल विषय बनाएर बेलायतमा रहेका रंगकर्मीहरुको जीवन्त अभिनय रहेको नाटक समय दृश्यको फेरि मञ्चनको माग भएपछि जुलाई ३० तारिखका दिन लण्डनको हनस्लो आर्ट सेन्टरमा लण्डनको समय अनुसार साँझ ६ बजे इङ्गलिस टाइममा मञ्चन हुने भएको छ।

Samaya Drishya prachar 1त्यसको लागि हाल बेलायतमा नाटक समय दृश्यको प्रचार–प्रसार स्वतस्फुर्त रुपमा देखिएको छ। बेलायतमा रहेका नेपालीहरुले स्वतस्फुर्त नाटक समय दृश्यको प्रचारमा व्यस्त भएको पाइएको छ। लण्डनमा भएको यति कप या विभिन्न सभासमारोहमा पनि समय दृश्यको पोष्टर तथा प्रचार सामग्री वोकेरै त्यसको प्रचार गरेको पाइएको छ।

Samaya Drishya prachar 2Samay Drishya in Yati cup 2Samay Drishya in Yati cup 1Samay Drishya in Yati cup 3Samay Drishya in Yati cup 4
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।