लण्डन। आदिकवि भानुभक्त आचार्यको २०२ औ जन्म जयन्तीको अवसरमा आइतवार लण्डनको एबीआई कलेज एक्टनमा स्वागत सम्मान तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा भएको उक्त कार्यक्रममा बेलायतमा रहेका नेपाली कवि–कवियत्रीहरुले आ–आफ्ना अत्यन्त मर्मस्पर्शी कविता वाचन गरेका थिए। जसवाट उपस्थित सवैलाई भावविभोर बनाएका थिए। हरिसिंह थापा, विमला गौतम, विजय हितान, रेशमलाल अर्याल, जानुका राई, गोकुल भण्डारी, रीता गौतम, डा.सुधा श्रेष्ठ र कोमल मल्लले कविता बाचन गरेका थिए।

Bhanu Jayanti Uk 1

समारोहमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरणको स्वागत सम्मान गरिएको थियो। कोसेली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष मदन थापाले मंगलधुनका साथमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्र्यापण गरेपछि कार्यक्रम प्रारम्भ भएको थियो। नेपाली साहित्य विकास परिषद युकेका बरिष्ठ सल्लाहकार तथा यती नेपाली एशोसियसन युकेका पूर्वअध्यक्ष डा.राघव प्रसाद धिताल ओबीईले नेपाली साहित्यमा भानुभक्तको आचार्यको योगदानको बारेमा चर्चा गरेका थिए। यती नेपाली एशोसियसन युकेकी नव–नियुक्त अध्यक्ष पिपला देवानले परिषदका प्रयासले नेपाली साहित्यलाई बेलायतमा जीवन्त बनाइराखेको विचार राखेकी छन्। नेपाली वुमन्सकी अध्यक्ष आरती श्रेष्ठले माििर्मक रुपले विभिन्न कोणवाट बाचन गरिएका कविताहरुले नेपाली साहित्यमा भावनात्मक एकतामा बृद्धि भएको टिप्पणी गरेकी छन्।

Bhanu Jayanti Uk 2

समारोहमा यती नेपाली एशोसियन युकेकी नव–नियुक्त अध्यक्ष पिपला देवान, नेपाली वुमन एशोसियनकी अध्यक्ष आरती श्रेष्ठ, विश्व साहित्य महासंघ युके साउथका अध्यक्ष विजय हितान र नेपाली साहित्य विकास परिषद युकेका उपाध्यक्ष बाचस्पती रेग्मीलाई स्वागत सम्मान गरिएको थियो। सभापतिको आसनवाट आयोजक परिषदका कार्यवाहक अध्यक्ष कवि एवम् साहित्यकार कोमल मल्लले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको गरिमा तथा महत्वपूर्ण योगदानको युगौयुग कदर हुने र भानुभक्त आचार्य सवैको प्रेरणाको स्रोत रहने भनेका छन्। कार्यवाहक अध्यक्ष मल्लले समारोहमा नेपाली साहित्य विकास परिष्दा युकेका साहित्यिक गतिविधिहरु बारेमा प्रकाश पारेका थिए।

Bhanu Jayanti Uk 3

परिषदका कार्यकारिणी सदस्य एभरेष्ठ गौतमको स्वागत मन्तव्य,गोकुल भण्डरीको धन्यबाद ज्ञापन तथा महासचिव कवयत्री डा.सुधा श्रेष्ठ र उपमहासचिब रीता गौतम बाट सन्चालन भएको थियो। उक्त समारोह पुर्व अध्यक्ष कवि तथा साहित्यकार हरिसिंह थापाको भानुभक्तिय रामायणको श्लोक वाचनबाट आरम्भ भएको थियो। समारोहमा जलपान तथा विविध ब्यबस्थापन् तर्फ सहयोग पु-याउनु हुने वरिष्ठ व्यक्तित्वहरू डा.राघव प्रसाद धिताल ओबीई तथा डा.जनक कुमारी धिताल,यती नेपाली यशोसियसन यूके की बर्तमान अध्यक्ष श्रीमती पिपला देवान,कोशेली सास्कृतीक परिवारका संस्थापक अध्यक्ष मदन थापा,परिषदका पूर्बअध्यक्ष कवि हरिसिंह थापा तथा देवकुमारी थापा,परिषदका सल्लाहकार कवि घन बहादुर थापामगर तथा श्रीमती कृष्ण थापामगर, उपाध्यक्ष गोकुल भण्डारी,पूर्बकार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत,कवि कोमल मल्ल तथा कोहिनूर मल्ल,वीरेन्द्र कुँवर तथा इन्दिरा कुँवर,उपाध्यक्ष रेशमलाल अर्याल तथा श्रीमती सिता अर्याल,कोषाध्यक्ष दौलत राई,ए बी आई कलेजका प्रोप्राइटर कृष्ण भट्ट तथा एभरेस्ट गौतमका साथै उपस्थीत सबै ब्यक्तीत्वहरुमा परिषदबाट बिसेष धन्यवाद ज्ञापन गरिएको थियो।

प्रकाशन मिति–२०७३ साल असार २९ गते बुधवार ।