लण्डन। हाइटेक सिनेमा हेर्न पनि फुर्सद नहुने विश्वकै बैभवशाली मुलुक बेलायतवासी नेपालीहरुलाई नेपाली नाटकप्रति आकर्षण बढाउनु अवश्य पनि सरल कार्य होइन।

New Bhimsen Thapa in Drama Bhimsen Thapa Mr. Sanam Kumar Bairag.

यो कठिन कार्यलाई बेलायतमा रहेका अग्रज नाट्यकर्मी सनम कुमार बैरागले दुई नाटक समय दृश्य र जीगिषालाई सफलतापूर्वक मञ्चन गरेपछि नेपाली नाटकप्रति बेलायतवासी नेपालीहरुको आकर्षणमा बृद्धि भएको हो।

सोही आकर्षणलाई निरन्तरता प्रदान गर्नका लागि नाटक आकर्षण यात्राको तेश्रो बर्षमा बेलायतमा तेश्रो नाटक भीमसेन थापा मञ्चन गर्ने कार्यमा यतिखेर सनम कुमार बैराग अहोरात्र खटिरहेका छन्।

ऐतिहासिक कथावस्तुमा आधारित नाटक ‘भीमसेन थापा’ यही १२ र १३ मे दुई दिन बेलायतमा मञ्चन हुने भएको छ। लण्डनको साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा नाटक भीमसेन थापाको मञ्चन हुने भएको छ।

भिजन संसारको प्रस्तुति रहेको नाटक भीमसेन थापाको लिडिङ रोल अर्थात भीमसेन थापा सनम कुमार बैराग आफै बन्ने भएको छ। साथमा दुर्गा गुरुङ, सुरेश श्रेष्ठ, अभिषेक र सुसान गुरुङको समेत बेजोड अभिनय हुने भएको छ।

Mr.Sanam Kumar Bairag-Vetran Drama Artist & Director.

यसअघि बेलायतमा नै मञ्चन भएको नाटक भानुभक्तमा भानुभक्त नै बनेर सवैको वाहवाही पाएका सनम कुमार बैराग यतिखेर भीमसेन थापा नाटकमा भीमसेन थापा बन्दैछन्।

त्यसको लागि ठूलो मेहनत तथा परिश्रम गर्ने कार्य उनीवाट हुंदैआएको छ। सनम कुमार बैरागको आगामी वर्ष ‘आयो गोर्खाली’ नामक अंग्रेजी नाटक र फिल्म निर्देशन गर्ने योजना समेत रहेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २७ गते विहीवार ।