काठमाडौ। समय दृश्य तथा जीगिषा नामक दुई नाटकको अपार सफलता पश्चात बेलायतमा तेश्रो नाटक भीमसेन थापाले जन्म लिइसकेको छ। मन्चनको लगभग अन्तिम तयारीमा रहेको ऐतिहासिक नाटक भीमसेन थापाले थप नयाँ कीर्तिमान राख्ने आँकन गरिएको छ। जसको फस्ट लुक सार्वजनिक भएको छ।

भिजन संसार डटकमको गौरबमय प्रस्तुति रहेको ऐतिहासिक नाटक भीमसेन थापाको मञ्चन बेलायतको ह्यारोमा १२ र १३ मे का दिन गर्ने निर्णय भएको छ। भीमसेन थापा नाटक युगकवि सिध्दिचरण श्रेष्ठको रचनामा प्रकाशक दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान र खगेन्द्र नेपालीको अडियो बुकमा आधारित रहेको छ। बेलायतमा तहल्का मच्चाउने दुई नाटक समय दृश्य तथा जीगिषाका निर्देशक सनम कुमार बैराग नै भीमसेन थापाको पनि निर्देशक रहेका छन्।

यस नाटक भीमसेन थापामा निर्देशक बैराग आफै भीमसेन थापाको रोलमा बेजोड तरीकाले प्रस्तुत हुंदैछन्। भीमसेन थापाको पत्नी भक्ती कुमारीको भूमिकामा सन् २०१२ की मिस युके नेपाल दुर्गा गुरुङ्गले अभिनय गर्ने भएकी छन्। जसले नाटक समय दृष्यमा पनि मुख्य अभिनय गरेकी थिइन्। अर्को पात्र सुत्रधारमा समय दृश्य, जीगिषामा आफनो कला–कौशल देखाई सकेका रंगकर्मी सुरेश श्रेष्ठले निभाउने भएका छन्।

प्रकाशन मिति–२०७४ साल फागुन १९ गते शनिवार ।