uk-news-nepalese-literature-1

लण्डन। बेलायतमा रहेका नेपालीहरुको सवैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औं जयन्ती विभिन्न साहित्यिक कार्यक्रमका साथमा नवनियुक्त नेपाली राजदूतको स्वागत सम्मान गर्दै भव्य रुपमा मनाइयो।

वयम्ली स्थित वयम्ली तन्दूरीमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका बेलायतका लागि नवनियुक्त नेपाली राजदूत एवम् बरिष्ठ साहित्यकार डा.दुर्गावहादुर सुवेदी (दुबसु क्षेत्री) सम्मानित बनेका थिए। बेलायतमा रहेका समस्त नेपाली साहित्यकारहरुको तर्फवाट आयोजक संस्थाका कार्यवाहक अध्यक्ष तथा कवि एवम् साहित्यकार कोमल प्रसाद श्रेष्ठ मल्लले राजदूत डा. सुवेदीलाई स्वर्ण धातुपत्र सहितको काव्यिक सम्मान पत्र प्रदान गरेका थिए।

uk-news-nepalese-literature-2

त्यसको लगतै महाकवि देवकोटा जयन्तीका प्रमुख अतिथि, अतिथिहरु र सहभागीहरुवाट महाकविको तस्वीरमा माल्र्यापण गरेर कार्यक्रमको विधिवत रुपमा शुभारम्भ गरिएको थियो। कार्यक्रममा सम्मानित राजदूत डा. सुवेदीले कवि तथा गीतकार घनवहादुर थापामगरको दुई नयाँ कृति मेरो चिनो मेरो देश र मायाको संसार लोकार्पण गरेका थिए।

समारोहमा प्रमुख अतिथिको आसनवाट बोल्दै राजदूत डा.सुवेदीले बेलायतमा नेपाली भाषा, साहित्य, कला–संस्कृति, संस्कार र परम्परालाई जोगाउने कार्य बेलायतमा रहेका सवै नेपालीवाट भएकोमा अत्यन्त गर्व लागेको बताए। राजदूत डा.सुवेदीले कार्यक्रममा आफ्नो गजल बाचन पनि गरेका थिए।

uk-news-nepalese-literature-3

कार्यक्रममा यती नेपाली एशोसियसन युकेका अध्यक्ष पिपला देवानले नेपालका बरिष्ठ साहित्यकारलाई बेलायतमा नेपाली राजदूतको रुपमा स्वागत गर्न पाउंदा नेपाली साहित्य विकास परिषदलाई मात्र नभई यती संस्थालाई पनि गर्व लागेको बताएकी थिइन्। सभापतिको आसनवाट आयोजक संस्थाका कार्यवाहक अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्यमा महाकवि देवकोटाको अद्धितीय योगदान रहेको र विमोचित कृतिका लेखक तथा परिषदका सल्लाहकार घनवहादुर थापामगरका सिर्जनाले नेपाली साहित्यमा थप योगदान पुर्याएको बताए।

आयोजक परिषदका सहअध्यक्ष समाजसेवी ध्रुव केसी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार खगेन्द्र नेपाली, नेपालवाट बेलायतका आएका युवराज ढकाल, एनआरएनए युरोपका कोर्डिनेटर कुल आचार्य, एन आर एन युकेका उपाध्यक्ष दासुराम पाण्डे, परिषदका आजीवन सदस्य तथा पर्यटन जनसम्पर्क प्रतिनिधि समाजसेवी पशुपति भण्डारी, तमूधी युकेका डेभिड गुरुङ्ग, गजलकार रामकृष्ण सिंखडाले नवनियुक्त नेपाली राजदूतको स्वागत तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए।

uk-news-nepalese-literature-4

परिषदकी महासचिव डा.सुधा श्रेष्ठ र पूर्वकार्यकारिणी सदस्य ज्ञानेन्द्र राउतव्दारा संचालन भएको कार्यक्रमको मध्यभागमा कवि गोष्ठी आयोजना गरिएको थियो। कवि गोष्ठीमा कृष्ण भट्ट, घनवहादुर थापामगर, रामकृष्ण सिंखडा, बसन्त रायक्षेत्री, गोकुल भण्डारी, पिपला देवान, बीरेन्द्र कुंवर, बासु शर्मा, रेशमलाल अर्याल, ललित न्यौपाने, डा.सुधा श्रेष्ठ, फणिन्द्र भट्टराई, खगेन्द्र नेपाली, दुवसु क्षेत्री र कोमल श्रेष्ठ मल्लले भाग लिएका थिए।
प्रकाशन मिति–२०७३ साल कात्तिक ११ गते विहीवार ।