लण्डन। इभेन्टस एण्ड आइडलको आयोजनामा आगामी अगष्ट २१ तारिखका दिन बेलायतमा हुन गैरहेको मिस युके नेपालको तीन टाइटल अवार्डको प्रतिस्पर्धा सम्पन्न भएको छ।

Miss Uk Nepal talent showबेलायतस्थित अल्डरसटको एम्पायर हलमा संपन्न ट्यालेन्ट राउण्ड, व्युटी विथ प्रपोज र मिस पर्सनालिटी टाइटलको प्रतिस्पर्धात्मक राउण्डमा मिस युके नेपालका सहभागी आठ सुन्दरीहरुको नै सहभागिता रहेको थियो। मिस युके नेपाल २०११ की विजेता गौमाया गुरुङ्ग, मिस युके नेपाल २०१२ की विजेता दुर्गा गुरुङ्ग, सन् २०१४ की विजेता निया देवान, पर्चा–प्रोका कोफाउण्डर समिर गुरुङ्ग र भिजे सरला थापाले ती तीन टाइटल अवार्ड राउण्डमा निर्णायकको गहन भूमिका निर्वाह गरेका थिए।

प्रतिस्पर्धीहरुले कविता, नृत्य, गीत, मोनोलग, अभिनय लगायतका प्रस्तुति दिएका थिए। प्रतिस्पर्धाको अन्तमा मिस पर्सनालिटीको लागि सवै प्रतियोगीहरुसंग निर्णायकहरुले पालैपालो अन्तरक्रिया समेत गरेका थिए। यी सवै प्रतिस्पर्धाको नतिजा ग्राण्ड फाइनल अगष्ट २१ तारिखका दिनमा मात्र सार्वजनिक गरिने भएको छ।

अगष्टको पहिलो हप्ता नेपालवाट नायिका तथा मोडल प्रियंका कार्की बेलायत आएर प्रतियोगीहरुलाई अन्तिम प्रशिक्षण दिइने आयोजकले भनेको छ।
प्रकाशन मिति–२०७३ साल साउन ११ गते मंगलवार ।