काठमाडौं। बेलायतमा रहेका स्वभाविक अभिनयका धनी नेपाली नायक ध्रुब दत्त काठमाडौंमा सर्वोत्कृष्ट नायक बनेका छन्। काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा नायक ध्रुब दत्त सर्वोत्कृष्ट नायक बनेका हुन्।

नायक दत्तले बेलायतमा निर्मित सर्ट फिल्म सहाराबाट सर्वोत्कृष्ट नायकको अवार्ड जितेका हुन्। सर्ट फिल्म सहारावाट सर्वोत्कृष्ट नायकको अवार्ड जितेपछि बेलायतवाट प्रतिक्रिया दिदै नायक दत्तले अत्यन्त गौरब लागेको वताएका छन्।

त्यस्तै अर्को सर्ट फिल्म शुन्यमा विद्यमान लकडाउनको समस्यालाई जस्ताको तस्तै स्वभाविक अभिनय गरेको त्यो कठिन क्षणलाई पनि नायक दत्तले सम्झेका छन्।

सहारा र शुन्य सर्ट फिल्मी करियरको आफ्नो टर्निङ प्वाइन्ट नै हो भनेका छन्। बेलायतमा रहेर नेपाली फिल्मी कलाकारितालाई उँचो पार्दै अगाडि बढिरहेका
सक्रिय नायक ध्रुब दत्तले तीन घुम्ती, आवेग, बीरताको चिनो लगायतका दर्जनौ चलचित्रमा अभिनय गरेर वाहवाही पाइसकेका छन्।

बेलायतमा नै अग्रज रंगकर्मी तथा निर्देशक सनम कुमार बैराग निर्देशित नाटक जीगिषामा अभिनय गरेर अर्को चौतफी तारिफ बटुलेका नायक दत्त नेपाल वाहिर प्रवास बेलायतमा वसेर धेरै फिल्म, सर्टफिल्म तथा नाटक र म्युजिक भिडियोहरुमा अभिनय गर्ने नायकका रुपमा पनि चिनिएका छन्।

Actor Dhurba Dutta in Geeghishaa

त्यस्तै सर्ट फिल्म अवार्डमा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथीले जितेको छ । स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले हालै आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी थिए।

जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताए।  उत्कृष्ट सर्ट फिल्म कथाकारका रुपमा पुरु राईले अवार्ड हात पारे। अवार्ड बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

https://www.youtube.com/watch?v=AFnlCo5GBTI

प्रकाशन मिति–२०७८ साल बैशाख २१ गते मंगलवार ।