Binod Chipalu- Lakhe Nach 5काठमाडौ। केही बर्षयता बेलायतमा पनि लाखे नाच नाचिन थालेको छ। लाखे नाचले बेलायतमा बेग्लै स्थान तथा उचाई कायम गर्न सफलता प्राप्ते गरेको छ। लाखे नाच भनेपछि नेपालको मौलिक नाच भनेर बेलायतमा बस्ने बेलायतीहरुलाई राम्ररी थाहा भैसकेको छ। बेलायतमा बस्ने नेपालीहरुको अलावा बेलायतीहरु माझ पनि नेपालको लाखे नाचको निक्कै आकर्षण बढ्न थालेको छ।

Binod Chipalu- Lakhe Nach 1केही दिनअघि बेलायतमा भएको नेपाल मेलामा अत्यन्त आकर्षणको नाच नै लाखे नाच हुन पुगेको छ। मेलाभरि लाखे नाच नाचेर व्यापक चर्चा पाउने कलाकार अरु कोही नभइकन बेलायतमा नै रहेका नेपाली कलाकार विनोद चिपालु हुन्। विगत अठार बर्ष देखि बेलायतमा बसोबास गर्दैआएका नेपाली कलाकार चिपालुले नै बेलायतमा नेपाली ऐतिहासिक मौलिक नाच लाखे नाचलाई चर्चित बनाउने कार्य गर्दैआएका छन्।

Binod Chipalu- Lakhe Nach 3नेपालमा रहदा पनि लाखे नाच नाच्न अत्यन्त सिपालु कलाकार चिपालु बेलायत पुगेपछि अझ यस नाचको प्रमोसनमा ज्यान फालेर लागेका छन्। यसले गर्दा पनि नेपाल संवन्धी कुनै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम भएमा र हुन लागेमा लाखे नाच नाच्न चिपालुलाई नै संझिने गरेको छ। यो हप्ताभरि बेलायतमा आयोजित नेपाल मेला लगायत विभिन्न स्थानमा भएको नेपाली सांस्कृतिक कार्यक्रममा कलाकार चिपालुले लाखे नाच नाचेर सवैको वाहवाही पाएका छन्।

Binod Chipalu- Lakhe Nach 2बेलायतमा चिपालुको लाखे नाच हेरेपछि त्यहाँ रहेको नेपाली तथा विदेशीहरुले नेपाल चिनाउने मौलिक नाच भनेर प्रतिक्रिया दिने गरेका छन्। नेपाल चिनाउने लाखे नाच नाच्ने कलाकार विनोद चिपालुको यो कलाकारितालाई बेलायतवासी सवैले दिल खोलेर तारिफ गर्ने गरेको पाइएको छ। यसमा कलाकार चिपालु अत्यन्त गौरबता व्यक्त गर्छन्।

Binod Chipalu- Lakhe Nach 4प्रवासमा लाखे नाच मार्फत नेपाल चिनाउन पाउंदा आफूलाई अत्यन्त आनन्द लागेको भिजन संसारसंगको कुराकानीमा भनेका छन्। नेपालमा हरेक बर्ष मनाइने इन्द्रजात्रा पर्वमा नाचिने मौलिक नाच लाखे नाच इन्द्रजात्रामा बचपनदेखि हेरेको भरमा लाखे नाच नाच्न जानेको पनि कलाकार चिपालुले भनेका छन्।

प्रकाशन मिति–२०७३ साल भदौ २० गते सोमवार ।