Binod Chipalu ko Lakhe Nach 2काठमाडौ। नेपाल प्राय इन्द्रजात्राको बेलामा नाचिने गरेको लाखे नाच बेलायतमा पनि हाल निक्कै लोकप्रिय बनेको छ। बेलायतमा विशेष गरेर नेपाल विशेष पर्व तथा सन्दर्भको बेलामा नेपालको परम्परागत लाखे नाच नाचिने गरेको छ। बेलायतमा नेपालको मौलिक परम्परागत लाखे नाचको प्रचार तथा प्रवद्र्धन गर्ने कलाकार विनोद चिपालु हुन्।

Binod Chipalu ko Lakhe Nach 5कलाकार चिपालु सन् २००० मा लण्डन आएदेखि त्यहाँ लाखे नाच नाँच्ने कार्य गर्दैआएका छन्। विशेषत लाखे नाच भनेपछि बेलायतमा विनोद चिपालुलाई संझ्नेहरुको कमी छैन्। कतिले विनोद चिपालुलाई लाखे नाच नाँच्ने कलाकारका रुपमा नै त्यहाँ बढी चिन्ने गरेका छन्।

Binod Chipalu ko Lakhe Nach 1विगत १७ बर्षदेखि बेलायतमा लाखे नाच नाँच्दैआएका कलाकार चिपालु नेपाल र नेपालीको मौलिक लाखे नाचलाई बेलायतमा पनि जोगाइरहने कार्य आफूवाट भएको र बाँचुञ्जेल गरिरहने भिजन संसारसंगको कुराकानीमा बताएका छन्।

Binod Chipalu ko Lakhe Nach 3सानै उमेरदेखि लाखे नाच प्रतिको चासोले नै लाखे नाचका कलाकार बनेको र लाखे नाच कसैसंग नसिकेको बताउंदै चिपालुले प्रत्येक बर्ष इन्द्रजात्रामा नाचिने लाखे नाच हेरेको भरमा सिकेको बताएका छन्। बेलायतमा अत्यन्त व्यस्तताका बाबजुद पनि बर्षमा विभिन्न समय–सन्दर्भमा नाच्ने कार्यमा निरन्तरता दिदैआएको भन्छन्।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।