लण्डन। बेलायतमा विश्व परिक्रमा विशिष्ट नेपाली नागरिक सम्मान गरिने भएको छ। लण्डनमा आयोजित पत्रकार सम्मेलनमा उक्त विशिष्ट नागरिक सम्मान गरिने आयोजकले भनेको हो।

काठमाडौ नेप्लिज कुजिन रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा यही डिसेम्बर २६ तारीखको बक्सिङ डे को साँझ डिनर पार्टी सहित द कन्ट्री कल्ब वेस्ट इज रोड नर्थ होल्ड लण्डनमा बेलायत नागरिक सम्मान कार्यक्रम हुने भएको छ।

त्यसको लागि सम्पूणं तयारी लगभग पूरा भएको आयोजक तथा कार्यक्रम संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताएका छन्। सम्मान कार्यक्रम गरेरै पृथ्वीको परिक्रमा गरेर रेकर्ड राख्ने चलचित्र पत्रकार तथा सामाजिक अभियन्ता रामबहादुर सुवेदी (आरके सुवेदी)ले बिदेशमा रहेर पनि आफ्नो देश, समाज र नेपाली जनतालाइ आ–आफ्नो क्षेत्रबाट निरन्तर प्रभावकारी ढंगले हरपल नेपाल र नेपालीलाई सहयोग पुर्याउनु हुने अग्रज नेपालीहरुलाइ नागरिक सम्मान गरेर संसारको परिक्रमा गर्ने अभियानले आफ्नो मन छोएको हुँदा यो कार्यक्रम बेलायतमा आयोजना गर्न लागेको बताए।

कार्यक्रम संयोजक श्रेष्ठले बेलायतमा रहेका नेपाली समाजसेवी, बुद्धिजीवी, साहित्यकार, वकिल, पत्रकार, कलाकार , खेलाडी, डाक्टर, नर्स, शिक्षक, पाइलट, सामाजिक कार्यकर्तामा आफू सम्पर्कमा निरन्तर पुगेको र सम्पर्क गर्ने नसकिरहेको हुँदा सम्पर्कमा आउन समेत अनुरोध गरेका छन्।

बेलायतका प्रमुख संघसंस्थाको सिफारिस र मिडिया कभरेजको आधार तथा जुरीमार्फत सम्मानित हुने व्यक्तित्व छनोट गरिने पनि श्रेष्ठले बताए। कार्यक्रममा सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, क्याप्टेन आर एस श्रेष्ठ लगायतले विभिन्न सुझाव दिए। उनीहरुले कार्यक्रम विवादरहित बनाउन थप परामर्श र एप्रोच गर्न सुझाएका थिए।


प्रकाशन मिति–२०७४ साल पुष २ गते आइतवार ।