लण्डन। यति नेपाली एशोसियसन बेलायत तथा गैर–आवासीय नेपाली संघ बेलायतको संयुक्त आयोजनामा शिक्षाको लागि अध्यारोवाट उज्यालोतर्फ नामक शिक्षामूलक सामाजिक च्यारिटी कार्यक्रम हुने भएको छ। बेलायतको लण्डन स्थित ग्रीनफोर्ड टाउन हलमा यही आउने नोभेम्बर १७ का दिन उक्त कार्यक्रम हुन लागेको हो।

कार्यक्रम आयोजकका अनुसार डोर ओपन साँझ ५ बजे र ६ बजे डिनर सर्भ तथा ७ बजेवाट च्यारिटी कार्यक्रम हुने भएको छ। च्यारिटी कार्यक्रमको उदघाटन नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने भएको छ। 

यस च्यारिटी कार्यक्रमका लागि आयोजकका तर्फवाट राजकुमार त्रिपाठी, उमेशराज मोक्तान, सनमकुमार बैराग, ध्रुब केसी, चित्रवहादुर गुरुङ, बाचस्पति रेग्मी,विजय थापा र सिद्धार्थ बिक्रम अन्तिम चरणको कार्य व्यस्ततामा व्यस्त बनिरहेका छन्।

गायक हेमन मोक्तानको च्यारिटी प्रस्तुतिमा हुन गैरहेको कार्यक्रममा हास्य अभिनेता मनोज गजुरेल र नायिका तथा मोडल मरिष्का पोखरेलको विशेष प्रस्तुति रहने भएको छ। च्यारिटीको नारा शुरुवात म, परिवर्तन हामी रहेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक २४ गते शनिवार ।