brest-feeding-2लण्डन। स्तनपान गराउने भन्दा नगराउने महिलाहरुको संख्यामा निक्कै बृद्धि हुन थालेको छ। सुन्दरतामा गिरावट आउने जस्ता विभिन्न भ्रम तथा फेसनका कारण शिशुलाई स्तनपान नगराउनेको सूचीमा बेलायत अग्रपंक्तीमा परेको एक अध्ययनले देखाएको छ।

बेलायतको स्वान्सी विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा गरेको अध्ययनले बेलायतमा स्तनपानको दर विश्वकै न्युन रहेको र एसियाली मुलुक ओमान भने स्तनपानको दर विश्वकै धेरै रहेकोे देखाएको हो। अध्ययनका अनुसार बेलायतमा स्तनपानको दर ०.५ प्रतिशत रहेको छ भने ओमानमा स्तनपानको दर ९५ प्रतिशत रहेको छ उक्त अध्ययनका अनुसार बेलायतमा एक वर्ष नपुगेका २ सय बालबालिका मध्य एक जनाले मात्र स्तनपान गर्न पाउँछन्।

brest-feeding

अध्ययनमा सहभागी मनोवैज्ञानिक एमी ब्राउनले भनेकी छन्, ‘बेलायतका महिला बच्चाको भन्दा पनि आफ्नो स्वास्थ्यका बारेमा बढी ध्यान दिन्छन्, उनीहरु आफ्नो स्वास्थ बिग्रने र सौर्दयमा कमी आउने भन्दै आफ्नो बच्चाहरुलाई बोतलको दुध खुवाउँछन्।’ उनले यहाँका महिलाहरु प्राय कामका लागि कार्यलय जाने भएकाले पनि यस कार्यले प्रोत्साहान पाएको बताइन्। उनले महिलाले बच्चा जन्मिएको ६ महिनासम्म अनिवार्य रुपमा आमाको दुध खुवाउनु पर्ने बताउँदै यसका लागि जनचेतनामुलक कार्य संचालन गर्नु पर्ने बताइन्।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ गते शुक्रबार ।