लण्डन। पासा पुचः युके अल्डर्शटको आयोजनामा बेलायतमा बेल विवाह संपन्न भएको छ। साउथल राम मन्दिरमा बेल विवाह संपन्न भएको हो।

 १६ जना  कन्या बालिकाहरुको बेलसंग विवाह गरिदिने कार्य भएको आयोजक पासा पुचः गुठी अल्डर्शटका अध्यक्ष केशव श्रेष्ठले बताएका छन्। यसै कार्यक्रममा ४ जना बालकहरुको पनि सामूहिक ब्रतबन्ध गर्ने कार्य पनि भएको थियो। अमेरिकावाट आएका गुभाजु गुरुले बेल विवाह तथा ब्रतबन्ध कार्यक्रम संपन्न गरेका थिए। अध्यक्ष श्रेष्ठका अनुसार सन् २०१० देखि बेलायतमा बेल विवाह र ब्रतबन्ध
कार्यक्रम हुंदैआएको छ।

यसप्रकार साउथल राम मन्दिरमा नेपालीहरुको धर्म तथा संस्कृतिको सांस्कृतिक परम्परा जोगाउन तथा सहभागिता बढाउन बालमुकुन्द जोशीको पहल तथा सहयोगको पनि दिल खोलेर सवैले प्रशंशा गरेको पाइयो।

पासा पुचः गुठीले नेपाली कला तथा संस्कृति र परम्परालाई प्रवास बेलायतमा समेत जोगाउने बेल विवाह जस्ता कार्यले अत्यन्त योगदान दिएको मुक्तकण्ठले तारिफ गर्नेको पनि कुनै कमी भएन।

प्रकाशन मिति–२०७६ साल असार २३ गते सोमवार ।