काठमाडौं। बेलायतमा संपूर्ण छायाँकन भएको नेपाली कथानक चलचित्र एटीनको ट्रेलर रिलिज भएको छ। लण्डनमा आयोजित कार्यक्रम वीच चलचित्र एटीनको ट्रेलर रिलिज भएको हो।

प्रेमिस भिजनको ब्यानरमा तारादेवी लामा र पेमा डोल्करको संयुक्त निर्माण रहेको चलचित्र एटीनका निर्देशक प्रेम लामा हुन्। चलचित्र एटीनमा विशेषत नेपालवाट बेलायत आएर सेटल भएको पहिलो पुस्ता र बेलायतमा नै जन्मी–हुर्केको दोश्रो नेपाली पुस्तावीचको जेनेरेसन ग्यापको कथालाई बुनिएको छ। जुन चलचित्र हेरेपछि थुप्रै कौतुहलता तथा रोमाञ्चकता अनि रहस्यहरु भेटिने दावी निर्माण पक्षको रहेको छ।

एटीनमा प्रसुना कंडेल, राजदीप राई अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्स लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ। यस चलचित्रको नेपाल र बेलायतमा एकसाथ चांडै रिलिज हुने भएको छ।

 

 

प्रकाशन मिति–२०७५ साल माघ १३ गते आइतवार ।