ललितपुर । लामो समयदेखि बेलायतको म्यानचेस्टरमा बसोबास गर्दैआएका ललितपुर महानगरपालिका वडा नंबर ५ का स्थानीय वासिन्दा चन्द्रकुमार केसीले परिवारका साथमा दृष्टिविहिन विद्यार्थीहरुलाई यो चिसोमा न्यानो स्वेटर अर्पण गर्ने कार्य गरेका छन्। ललितपुरको लगनखेल स्थित नमूना मछिन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई केसीले न्यानो स्वेटर अर्पण गर्ने कार्य गरेका हुन।

बेलायतको म्यानचेस्टरमा नमस्ते नेपाल नामक ख्यातिप्राप्त नेपाली रेष्टुरेन्ट संचालन गर्दैआएका केसीले महाभूकम्प पीडित देखि बाढीपहिरो पीडितसम्मलाई सहयोग वितरण गर्ने कार्यहरु यसअघि पनि गर्दैआएका केसीले यो बर्षको नेपाल बसाईमा २७ जना दृष्टिविहिन विद्यार्थीहरुका लागि न्याना स्वेटर उपलव्ध गराएर यो चिसोमा ठूलो गुण लगाएको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले बताएका छन्।

वडा अध्यक्ष श्रेष्ठले केसीको यो कार्यले दृष्टिविहिन विद्यार्थीहरुले आँखाले नदेखेपनि मनको आँखाले हेरेर आदरणिय केसी परिवारलाई मुरीकामुरी धन्यवाद दिइरहेको आफूले आभांस गरेको जिकिर गरेका छन्।

कार्यक्रममा अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी लगायत ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सदस्यहरु अशोक कुमार श्रेष्ठ, पूनम निरौला, मञ्जु रिजालको समेत उपस्थिति रहेको थियो ।

प्रकाशन मिति–२०७८ साल माघ २ गते आइतवार ।