काठमाडौं। बेलायतमा रहेर एक पछि अर्को गीतका भिडियो निर्देशन गर्नमा अब्बल निर्देशक कुशल श्रेष्ठ निर्देशित विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको छ। नेपाली सांगीतिक आकाशका ख्यातिप्राप्त गायक राजेश पायल राईको गायन रहेको निर्देशक श्रेष्ठ निर्देशित आधा लैजाऊ तिमी माया आधा लिन्छु बोलको गीतको भिडियो रिलिज भएको हो।

तारा लिम्बुको शब्द तथा सविन लिम्बुको कम्पोज तथा एरेन्ज रहेको गीतको भिडियोमा अमित सुब्बा र क्रीन्चा राइको अभिनय रहेको छ। यस गीतको भिडियोको परिकल्पना स्वयम् गीतकार तारा लिम्बु र कालुसिङ थाम्सुहाङको रहेको छ । उक्त भिडियोको छायांकन बेलायतका रमणीय स्थानहरुमा गरिएको हो। निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ।

आफ्नी प्रेमीकासँग विशेष समय बिताइरहेका प्रेमीले आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले भन्दै रोमान्टिक अवतारमा अमित सुब्बा र क्रिन्चा राईको सशक्त अभिनयले मोहकता प्रदान गरेको छ। भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ। जसमा रगं संयोजन नवीन निरौलाको रहेको छ।

प्रकाशन मिति–२०७८ साल जेठ ९ गते आइतवार ।