Belayati Kabiko Kriti 4काठमाडौ। बेलायतमा रहेका नेपाली कवि घनबहादुर थापामगरको कविता संग्रह क्याक्मीको कोसेली काठमाडौमा आयोजित कार्यक्रममा सार्वजनिक भएको छ। नेपाली साहित्य विकास परिषद युके र यसको नेपाल च्याप्टरको आयोजनामा उक्त कविता संग्रहको विमोचन भएको हो।

Belayati Kabiko Kriti 1

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री बलबहादुर महतको प्रमुख आतिथ्य तथा नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा विमोचन कार्यक्रम भएको थियो।

Belayati Kabiko Kriti 3समारोहमा राज्यमन्त्री महतले देश विकासको कार्यमा सवैको जस्तै साहित्यकारहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताए। विमोचित पुस्तकमाथि प्रकाश पार्दै युवा समालोचक मुक्ति घिमिरेले घनवहादुरका कवितामा देश प्रेमको भावना ओतप्रोत रहेको टिप्पणी गरे।

Belayati Kabiko Kriti 2

कवि गोपाल पराजुली तथा विमोचित कृतिका स्रष्टा घनवहादुर थापामगरले पनि मन्तव्य राखेका थिए। विमोचित कृतिको विक्रीवाट आर्जित रकम भूकम्पवाट प्रभावित क्याक्मी गाविसको पोखरी भन्ज्याङ्ग निमाविको पूनः निर्माणमा खर्चिने पनि बताइयो।

Belayati Kabiko Kriti 5

प्रकाशन मिति–२०७३ साल बैशाख २१ गते मंगलवार ।