ललितपुर। बेलायती भीटीसीटी अवार्ड विजेता मेकअप आर्टिष्ट पूनम श्रेष्ठको आयोजनामा एक दिने व्युटी सेमिनार संपन्न भएको छ। ललितपुरको कुमारीपाटी स्थित अग्नी पार्टी प्यालेसमा व्युटी सेमिनार भएको हो।

काठमाडौं उपत्यकाका २ सयजना व्युटीसियनहरुको व्यापक सहभागिता रहेको उक्त भव्य व्युटी सेमिनारमा मेकअप आर्टिष्ट पूनम श्रेष्ठले रसियन ब्राइडल हेयर स्टाइल, रसियन रोज हेयर स्टाइल तथा मोडल मेकअप अन द स्पट प्राक्टिकली प्रदर्शनी कार्य भएको थियो।

व्युटीसियनहरुले नयाँ सोच र शैलीलाई आत्मसात गर्न पाउंदा आफूहरु अत्यन्त खुशी भएको र आफूहरुले पनि यो नयाँ शैलीलाई आफ्ना व्युटीपार्लरहरु प्रयोग गर्ने बताएका थिए।

क्यानाडाको हेयर स्टाइलिस्ट कातेसंग रसियन ब्राइडल हेयर स्टाइल तथा रसियन रोज हेयर स्टाइल भारतको नयाँ दिल्लीमा सिकेको जानकारी पनि मेकअप आर्टिष्ट पूनम श्रेष्ठले भिजन संसार डटकमलाई दिएकी छन्।

मेकअप आर्टिष्ट पूनम श्रेष्ठ ललितपुरको सानेपा खरीबोट स्थित पूनम व्युटी क्लबकी संचालिका हुन्।


प्रकाशन मिति–२०७५ साल चैत्र १६ गते शनिवार ।