Elizabeth 2

लण्डन। बेलायती महारानी एलिजावेथ द्वित्तीयले  बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पिडित सवैप्रति बिहीवार गहिरो समवेदना व्यक्त गरेकी छन्।

बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गरेकी छन्। “म यस दुखद घडीमा मृतक आत्माको शान्तिका लागि र घटनामा घाइते भएका पिडित र उनीहरूका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु,” महारानी एलिजावेथ द्वित्तीयले प्रहरीलाई बुधबारको निन्दनीय हिंसाबारेमो दिएको पहिलो प्रतिक्रियामा भनेको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

बुधबार राति एक अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहार गर्दा एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ ।

नेपाली समय अनुसार बुधवार राति मध्य लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उक्त आक्रमण र हताहतीका घटना भएका लन्डन महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र १० गते विहीवार ।