लण्डन। बेलायती सेनाको उच्च तहमा नेपाली सैनिक पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन्। उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा रहेको छ।

१ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा खाम्चाको पदोन्नतिको औपचारिक घोषणा भएको हो। पदोन्नति पछि खाम्चाले लण्डनमा संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै ‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’ भनेका छन्।

उनले भनेका छन्– ‘म एकदम खुसी छु। यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ।’ खाम्चाको पदावधि करिब ५ वर्षको रहेको छ। रिटायर्ड पश्चात नेपाल गएर नेपाल र नेपालीको सेवा गर्ने उनले सोच तथा लक्ष्य लिएका छन्।

प्रकाशन मिति–२०७४ साल माघ २१ गते आइतवार