Januka Rai's Album 2काठमाडौ। लामो समयदेखि बेलायतमा बसोबास गर्दैआएकी गीतकार जानुका राईको तीन कृति नेपालमा विमोचन भएको छ। बुधवार आयोजित कार्यक्रममा काठमाडौको नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्पलेक्समा विमोचन भएको हो।

Januka Rai's Album 1आमा गीति–संग्रह र दुई गीति–एल्वम समय तथा सन्दर्भको विमोचन भएर सार्वजनिक भएको हो। नेपालका बरिष्ठ स्रष्टा बैरागी काइँला, कवि तथा गीतकार श्रवण मुकारुङ्ग लगायतका स्रष्टाहरुको प्रमुख आतिथ्यतामा सामुहिक रुपमा विमोचन भएका हुन्।

भिमु मेमोरियल ट्रष्टको आयोजनामा भएको विमोचन कार्यक्रममा आयोजकको तर्फवाट शिव कुमार राईले स्वागत भाषण गरेका थिए। कार्यक्रममा बैरागी काइँला, श्रवण मुकारुङ्ग लगायतले गीतकार जानुका राईको व्यक्तित्व तथा कृतित्वको बारेमा चर्चा गरेका थिए।

Januka Rai's Album 3गायिका पार्वती राई लगायतलाई टोकन अफ लब सहित नगद सम्मान प्रदान गरिएको कार्यक्रममा मनै छुने म्युजिक भिडियोहरुको पनि प्रदर्शन गरिएको थियो। विमोचित तीन कृतिवाट उठेको रकमवाट नेपालमा बाल–विकास, शिक्षा र साहित्यमा सहयोग गर्ने गीतकार जानुकार राईले भनेकी छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र १४ गते बुधवार ।