काठमाडौं। बेलायत तथा अष्ट्रेलिया लगायतका देशमा पिआर समेत पाएका युवाहरु नेपाल फर्केका छन्। उनीहरु विदेशमा सिकेका सीप र परिश्रमलाई नेपालमा नै खन्याएर समृद्ध नेपाल तथा सुखी नेपाली बनाउने अभियानमा लागेका छन्।

यसरी फर्कने कर्मशील युवाहरुमा राजिव बस्नेत, सन्तोष कुमार कार्की, रामचन्द्र गुरुङ, निरज बम मल्ल, राकेश महर्जन तथा बिनोद थापामगर रहेका छन्। उनीहरुले काठमाडौ, गोरखा, लमजुङ लगायतका स्थानमा आफूहरुले जानेका हस्पिटालिटी म्यानेजमेन्ट, ट्राभल्स एण्ड टूर लगायत कृषि फार्महरु खोलेर सयौंलाई रोजगारी दिन सफल भएका छन्।

यिनै कर्मशील युवाहरुको टीमले काठमाडौंको मुटु माइतिघर मन्डलामा वार्बल लाउन्ज एन्ड बारको समेत स्थापना गरेका छन। काठमाडौंको धुवाँ–धुलोबाट अलिकति भएपनि मुक्ति दिन शान्त बाताबरणमा हरेक दिन फरक–फरक लाइभ व्याण्ड, गिग, मासपसङ्ग झुल्दै नयाँ नयाँ परिकार र स्वादमा रम्न त्यहाँ पाइने जानकारी ती पाँच युवाहरुका अनन्य मित्र विशेष पन्तले भिजन संसार डटकमलाई बताएका छन्।

लाउन्ज एन्ड बार भन्ने बित्तिकै कतिपय जन–मानसमा विकृति तथा विसंगति हुन्छ भन्ने भ्रमपूर्ण सोचलाई हटाउने नयाँ अभियान पनि ती युवाहरुले गरेको पन्तको भनाई छ। टिपिकल, फ्यामिलियर एन्ड प्रोफेसनल बाताबरणको आभास दिने उदेश्यले उक्त लाउन्ज एन्ड बार को स्थापना गरिएको ती युवाहरुको टीमका एक कुशल ब्यक्तित्व राजिब बस्नेतले भनेका छन्।

उक्त लाउन्जमा मनोरन्जन र स्वाद को साथसाथै पुल गेमको पनि मज्जा लिन सकिने छ। यही कात्तिक २९ गते शुक्रबार तदानुसार नोभेम्बर १५ देखि औपचारिक रुपमा लाउन्जको शुभारम्भ हुनेभएको छ। नोभेम्बेर १५ देखि नोभेम्बेर २३ सम्म ओपनिङ सेरोमोनी राखिएको छ। उक्त समयमा राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा ब्यान्डको साथमा बसेर स्पेसल डिस्काउन्टको अफरमा रम्न सकिने छ।

क्वालिटी इज दि बेस्ट फुड अराउन्ड को थेम लियर खोलिएको उक्त लाउन्ज सबैको संतुष्ट र रोजाईको थलो बन्ने बिश्वास सन्चालक युवाहरुले गरेका छन्। भिजिट नेपाल २०२०लाई पनि टेवा दिन उनीहरु कम्मर कसेर लागेका छन्। यस वार्बल लाउन्ज सञ्चालन पूर्व ती युवाहरुले अन्य १० व्यवसायहरु संचालन गरिसकेका छन्।

उनीहरुले सञ्चालन गरिसकेका व्यवसायहरुमा डि हिमालयन अरोमा रेस्टुरेन्ट ठमेल, काठमाडौ, बि बोइज फेसन हब बि जि मल, गोङ्गबु, दि कर्ली लिफ एन्ड बेकरी बुढानिलकण्ठ, शुभयात्रा एड्भेन्चर एन्ड टुर्स ठमेल, लुम्बिनी हेरिटेज ट्राभल्स एन्ड टुर्स दरबारमार्ग, धनलक्ष्मी ग्रुप्स ओफ कम्पनी ठमेल, जानकी रेसुङ्गा इन्टर्प्राइजेज ठमेल, लमजुङ पोल्ट्री कृषि फार्म लमजुङ रहेका छन्। यसको अलावा सामाजिक सेवामा पनि सक्रिय रुपमा लाग्ने उनीहरुले प्रतिबद्धता जाहेर गरेका छन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक २७ गते बुधवार ।