Darling opening by Three Darling Juna Prasai, Prashna Shakya & Kamala Sapkota
Darling opening by Three Darling Juna Prasai, Prashna Shakya & Kamala Sapkota

काठमाडौ। नेपालकी बेली डान्सर गायिका कमला सापकोटाको नयाँ एल्बम डार्लिङ्गको गीत सार्वजनिक भएको छ। डार्लिङ्ग बोलको अत्यन्त रोमान्चकारी गीतको शनिवार आयोजित कार्यक्रममा काठमाडौको नयाँ बानेश्वर स्थित मिनभवनको पानस रेष्टुरेन्टको सभाहलमा भएको हो।

bely-dancer-darling-kamala-sapkota-1

बेली डान्सर गायिका सापकोटाका अनन्य गायिका मित्रहरु जुना प्रसाई र प्राश्ना शाक्यका साथमा गायिका सापकोटा आफैले डार्लिङ्ग एल्वमको गीत सार्वजनिक गरे। तीनैजना गायिकाहरुले एकसाथ डार्लिङ्ग गीतको सार्वजनिक गरेपछि गायिका सापकोटाले आफूले अव उप्रान्त सवैलाई डार्लिङ्ग भन्ने र आफू सवैको डार्लिङ्ग भएको घोषणा पनि गरिन्।

bely-dancer-darling-kamala-sapkota-3

डार्लिङ्ग शव्द आफैमा रोमाञ्चकारी मायालु शव्द भएकोले सवैले सवैलाई डार्लिङ्ग भन्दा फरक नपर्ने तर्क गायिका सापकोटाको रहेको छ। यस हिसावले उनी हाल सवैको डार्लिङ्ग बनेकी छन्। डार्लिङ्ग गायिका सापकोटाको तेश्रो एल्वम हो। यसअघि मदहोस र झम्मझम्म नामक दुई एल्बम बजारमा ल्याइसकेकी छन्।

प्रकाशन मिति–२०७३ साल कात्तिक २७ गते शनिवार ।