Garima Panta married with Hari Thapaliya 5काठमाडौ । नेपाली चलचित्र उद्योगमा शालिन नायिकाको उपमा पाएकी नायिका गरिमा पन्तको विवाह भएको छ। बेल्जियम बस्दैआएकी चलचित्र झोलावाट दक्षिण एसियाली फिल्म फेस्टिवलमा उत्कृष्ट नायिकाको अवार्ड समेत जितेकी गरिमाले त्यहीकै एनआरएन हरि थपलियासंग केही दिनअघि मात्र विवाह गरेकी हुन्।

Garima Panta married with Hari Thapaliya 2बेल्जियममा प्रोग्रामको सिलसिलामा केही बर्षअघि त्यहाँ जाँदा दुवैवीच चिनाजानी बढ्ेको थियो। त्यो चिनाजानी पछि प्रेममा बदलिएपछि एनआरएन थपलियाले गरिमालाई बेल्जियम नै बोलाएका थिए। विवाहको सार्वजनिकतासंगै गरिमाले आफू पढ्ेको तनहुँको एक स्कुललाई सहयोग गर्ने घोषणा समेत गरेकी छन्। गरिमाले अध्ययन गरेको श्रीमित्रता उच्च मावि र उनको गाउंमा अवस्थित मस्र्याङ्गदी सामुदायिक विद्यामन्दिर दुवै स्कुललाई संयुक्त रुपमा नगद सात लाख रुपैया सहयोग गर्ने घोषणा गरेकी छन्।

Garima Panta married with Hari Thapaliya 4गरिब तथा जेहेन्दार विद्यार्थीको सहायताको लागि अक्षयकोष स्थापना गर्न आफूहरु दुवैजनाले सहयोग गर्न लागेको समेत उनले भनेकी छन्। गरिमाले आफ्ना बुवा इन्द्रवहादुर पन्त र आमा माया पन्तको नाममा गरिव तथा जेहेन्दार विद्यार्थी सहायता अक्षयकोषको रुपमा स्थापना गर्ने निर्णय गरेको बताएकी छन्। यस कार्यको लागि गरिमा र उनको श्रीमान हरि थपलिया चाँडै नै नेपाल आउने भएको छ।

Garima Panta married with Hari Thapaliya 3प्रकाशन मिति–२०७३ साल बैशाख ३१ गते शुक्रबार ।