काठमाडौं। आमाहरुको आमाघर दिलशोभा आमाको आमाघर स्थापना भएको पनि यो बर्षको पुष १२ गतेवाट २० बर्ष पुगेको छ। रोडमा फालिएका बृद्धा आमाहरु तथा घर–परिवार अनि छोरा–छोरीवाटै फालिएका आमाहरुको संरक्षणको लागि दिलशोभा श्रेष्ठको एकल प्रयासवाट स्थापना भएको आमाघरले स्थापनाको २० बर्ष मनाएको हो।

यस अवसरमा देश वाहिरवाट आमाघरलाई अत्यन्त माया गर्ने र त्यहांवाट बारम्बार संझिरहने हाल पोर्चुगलमा रहने राजु शाहीले आमाघरको २० औं बार्षिक अवसरमा पठाइदिएको बर्थ–डे केक काटेर आमाघरको विहीवार बार्षिक उत्सव मनाउने कार्य भएको छ। आमाघरका आमाहरु वीच नै उक्त बर्थ–डे केक काटिएको हो।

आमाघरको सहारामा रहेकी १ सय १ बर्षकी रामदेवी आमाले बर्थ–डे केक काटेकी थिइन्। राजा महेन्द्रको सवारी चालक समेत रहेकी रामदेवी आमालाई केक काट्न आमाघरकी आमा दिलशोभा आमा तथा सामाजिक अभियन्ता सवनम श्रेष्ठले साथ दिएका थिए।

सवै आमाहरुले एकसाथ दिलशोभा आमालाई ह्याप्पी बर्थ–डे आमा भन्दा दिलशोभा आमा एकक्षण भावुक बनेकी थिइन्। २० बर्षअघि बडा कठिनपूर्वक आफूले आमाहरुलाई न्यानो र तातो तथा आरामदायी आश्रय दिन आफूले गरेको मेहनत र संघर्षलाई संझ्ने कार्य दिलशोभा आमावाट भयो।

कोही पनि आमाहरु यो चिसो जाडोमा सहारा नपाएर रोडमा सुत्न नपरोस् भन्ने उदेश्य र लक्ष्यकासाथ दिलशोभा आमा लागिरहेकी छन्। आमाघरमा बेसहारा आमाहरुलाई आश्रय दिने कार्य भैरहेको छ। 

प्रकाशन मिति–२०७५ साल पुष ६ गते शुक्रवार ।