Raju Hamal ko kamal 2काठमाडौ। थाइल्याण्डको राजधानी बैंककमा नेपाली गीतको भिडियोको छायाँकन संपन्न भएको छ। मेसन्जर व्याण्डका गायक राजेश हमालको नेतृत्वमा बैंकक पुगेको टोलीले आज तिम्रो यादमा बोलको गीतको छायाँकन संपन्न गरेर उक्त टोली नेपाल फर्केको छ।

सुशील सापकोटाको शव्द तथा राजेश हमालको संगीत र समिर हमालको एरेन्ज रहेको उक्त गीतको भिडियोमा राजु हमाल र बैंककमा नै रहेकी नेपाली मोडल रोशनीले अभिनय गरेकी छन्। पहिलो पल्ट बैंककमा नेपाली गीतको भिडियोमा नायक बनेर अभिनय गर्दा बेग्लै अनुभव भएको राजु हमालको प्रतिक्रिया रहेको छ।

Raju Hamal ko kamal 1

पुराना रंगकर्मीको रुपमा चालिसको दशकमा निक्कै नै ख्याति कमाएका हमाल केही दशकको अभिनयको ब्रेक पछि अव निरन्तर यस क्षेत्रमा लाग्ने भएका छन्। बैंकका हट मोडलका रुपमा चर्चा पाएकी रोशनीले पनि हमालको कमालपूर्ण अभिनयवाट आफू निक्कै प्रभावित बनेको भनेकी छन्। गीतको भिडियोको छायाँकन प्रसिद्ध छायाँकार रवि सायमीले गरेका हुन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २१ गते आइतवार ।