Pawan Joshi's Earthquake film shooting 6काठमाडौ। नेपालमा गत बर्ष बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसको डरलाग्दो पीडालाई संझाउने गीतको भिडियो तयार भएको छ। काठमाडौको कीर्तिपुर स्थित पाँगाका भूकम्प पीडित क्षेत्रमा भूकम्प आएको दृश्य तथा तिनले गरेको विनाश र भयाभह वातावरणलाई जस्ताको तस्तै गीतको भिडियोमा देखाउने प्रयास बरिष्ठ चलचित्र अभिनेता एवम् चलचित्र निर्देशक पवन जोशीले गरेका छन्।

Pawan Joshi's Earthquake film shooting 4निर्देशक जोशीको नेतृत्वमा दिनभर लगाएर पाँगा क्षेत्रमा भूकम्पको डरलाग्दो क्षणलाई जस्ताको तस्तै खिच्ने कार्य गरिदा त्यहाँका स्थानिय सवै चकित बनेका थिए। भूकम्प आउंदाको भागदौड, घरभित्र थुनिदा घर भत्किएर इट्टा खसेर टाउको फुटेर रगताम्य भएको दृश्य तथा भत्किएको घरमा थुनिएको बच्चालाई कडा मेहनतका साथ जीवित उद्धार गरेका लगायतका साहसिक दृश्यलाई खिचिएको छ। जसको तारिफ स्थानिय लगायत सवैले गरेको पाइएको छ।

Pawan Joshi's Earthquake film shooting 2

नेपालभाषाको गीत तः भुखाय् ब्वयाः लिगिलिगि सनं ग्याना मनू ब्वाँय् जुयाः चकं थासय् मुनं बोलको गीतको भिडियोको लागि निर्देशक जोशीले जीवन्त रुपमा सवै कलाकारलाई अन द स्पट सिकाएर खिचिएको हो। चलचित्र राजमतिकी राजमति हिसिला महर्जनको अलावा शकुन्तला महर्जन, सन्जु श्रेष्ठ, सरिता प्रजापति, सुशील श्रेष्ठ, रामकृष्ण महर्जन धिँना, श्याम शाही, सनमकुमार घायल लगायतका कलाकारहरुले स्वभाविक अभिनय गरेका छन्। केही दृश्यमा स्थानियको समेत अभिनय रहेको छ।

Pawan Joshi's Earthquake film shooting 5

गीतमा रामभक्त महर्जन रमझमको रचना, गुज्य मालकारको संगीत तथा रत्नशोभा महर्जनको गायन रहेको छ। राजमति पछि लामो विश्रामपछि गीतको भिडियोमा देखिएकी नायिका हिसिला महर्जनले चार मिनेटको गीतमा भूकम्पको पीडाको यथार्थता लगभग सवै देखाउन निर्देशक पवन जोशीले आफूहरुलाई तयार पारेको र मोटिभेड गरेको कार्य सह्रानिय रहेको प्रतिक्रिया दिएकी छन्।

Pawan Joshi's Earthquake film shooting 3नायक सुशील श्रेष्ठ भूकम्पमा थुनिएको बेलामा घरको इट्टा खसेर लाग्ने दृश्य गर्दा टाउकोमा दुख्ने गरेर चोट लागेको भन्छन्। चोटै चोट लागेपनि भिडियो दृश्य उत्कृष्ट बनेकोमा साह्रै खुशी लागेको श्रेष्ठले भनेका छन्। गीतको भिडियो बैशाख १२ गते नै वल्र्डवाइड रिलिज हुने भएको छ।

Pawan Joshi's Earthquake film shooting 10प्रकाशन मिति–२०७३ साल बैशाख १० गते शुक्रबार ।