Earthquakeकाठमाडौ। नेपालमा बुधवार विहान र दिउंसो गरेर दुईपल्ट भूकम्प गएको छ। विहान ७ बजेर ४ मिनेट जांदा धादिङ्गको मापार्क केन्द्रविन्दू भएको ४.४ रेक्टर स्केल मापणको भूकम्प गएको आठ घण्टा नवित्दै दिउंसो अर्को भूकम्प गएको छ।

दिउंसो २ बजेर ३७ मिनेटको समयमा गोरखा ताप्ले आसपास केन्द्रविन्दू भएको भूकम्प गएको छ। ४.५ रेक्टर स्केलको उक्त भूकम्पको धक्का काठमाडौ उपत्यकामा पनि महशुश गरिएको छ।

गत बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आज बैशाख २९ गतेकै दिन बैशाख १२ गतेपछि ठूलो भूकम्प नेपालमा गएको थियो। जुन आज बुधवारवाट एक बर्ष पुगेको छ।

हालसम्म यसप्रकारको भूकम्पको पराकम्प ४ सय ५४ वटा बर्षभरिमा गैसकेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २९ गते बुधवार ।