काठमाडौ। नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते लेनिन जयन्तीको दिन गर्ने भनिएको पार्टी एकता नहुने भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारी नपुगेको ठहर गरेको हो।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘नौ गते गर्ने भनिएको एकतालागि तयारी पुगेन। त्यसैले त्यसदिन एकता घोषणा हुनेछैन।’
नेकपा एमाले महासचिव इश्वर पोखरेलले भने, ‘दुई पार्टीको एकता हुनेमा दुई मत छैन । अहिलेलाई तयारी नपुगेकाले ९ गते घोषणा हुँदैन।’

पार्टी एकताको अन्तिम टुङ्गो गर्ने जिम्मा दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई दिने निर्णय मंगलवारको बैठकले गरेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ५ गते बुधवार ।