भक्तपुर, बोडे । भक्तपुरको मध्यपुर स्थित बोडेको ऐतिहासिक तथा धार्मिक महत्वको पर्व जिब्रो छेडाउने जात्रा संपन्न भएको छ। प्रत्येक बर्षको बैशाख २ गते आयोजना गरिने यस परम्परागत जात्रामा यो बर्ष बोडेकै बृद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर जात्राको परम्परागत तथा ऐतिहासिक महत्वलाई निरन्तरता दिने कार्य गरेका हुन्।

बागले यो बर्षसहित छैठौं पटक जिब्रो छेडाएको हो।
बागलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिदिएका थिए।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएपछि बुद्धकृष्णले नाट्येश्वरको पूजा गरेका थिए। यसभन्दा अघि चारपटकसम्म जिब्रो छेडेका बुद्ध कृष्णले विसं.२०७४ सालदेखि पूनः जिब्रो छेडाउन थालेका हुन्। यो उनको छैठौं पटक हो।

ब्रतसुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले खाना खान नहुने, महिलालाई छुन नहुने, जुठो, सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ।


प्रकाशन मिति–२०७५ साल बैशाख २ गते आइतवार ।