Jibro Chhedne Jatra 2

काठमाडौ। भक्तपुरको बोडे कला र संस्कृतिको अनुपम शहर मानिन्छ। जहाँ प्रत्येक बर्ष नयाँ बर्षको बैशाख २ गते जिव्रो छेड्ने जात्राले परम्परागत संस्कृतिको पहिचान कायम गर्दैआएको पाइएको छ। लामो सियो जिब्रोमा रोपेर परम्परागत संस्कृति जोगाउने कार्यमा बोडेका श्रेष्ठ जाति पुस्तैनी लागिपर्दैआएको पाइन्छ। केही दशकयता सवैको आकर्षको केन्द्र वन्दैआएको बोडेको जिब्रो छेड्ने जात्राको गरिमा र महत्व एकस्थानमा रहेतापनि यो जात्रालाई निरन्तरता दिने श्रेष्ठ जातिका तन्नेरीहरुमा भने निराशा देखिएको छ।

Jibro Chhedne Jatra 3

सवैको वाहवाही तथा गरिमा बोकेको जात्रा हेरेर रमाउनेहरु प्रत्येक बर्ष थपिएतापनि यस जात्रा संचालन गर्न सरकारी निकायले खासै वास्ता नगरेको तथा यसको पहिचान र महत्वलाई बेवास्ता गरेको कारण उनीहरुमा निराशा छाएको हुनुपर्ने बोडेबासीहरुको आँकन रहेको छ। यही निराशाका बाबजुद पहिचान र परम्परा धान्नको लागि कुनै नयाँ बोडेका श्रेष्ठ जातिका तन्नेरीको जोश नदेखिएकोले विगत सात बर्षदेखि निरन्तर जेब्रो छेडाउंदै आएका ३५ बर्षिय जुजुभाइ बासँ श्रेष्ठले यो नयाँ बर्ष २०७३ को बैशाख २ गतेपनि जिब्रो छेड्ने भएका छन्।

आठौ पटक जिब्रो छेड्न तयार बनेका जुजुभाइ नयाँ कोही तन्नेरी तयार नभएकोले बोडेको पहिचान र गरिमा बोकेको सांस्कृतिक पर्व धान्नकै लागि भएपनि आठौ पटक जिब्रो छेड्न लागेको बताएका छन्। जुजुभाइले वि.सं. २०६६ सालदेखि निरन्तर जिब्रो छेड्ने कार्य गर्दैआएका छन्।

Jibro Chhedne Jatra 1

जिव्रो छेड्ने जात्रा लिच्छवी कालभन्दा पहिला देखि चल्दैआएको बोडेको प्रचलन मानिन्छ। कुनैबेला बोडेमा निलवाराहीको जंगलवाट आएको ख्याक्कले हैरान नै पारेको बताइन्छ। बोडेका जान्नेबुझ्ने एक तान्त्रिकले त्यस ख्याक्कलाई आफ्नो बसमा पारेर उनको जिव्रो छेडे्र गह्रौ चिराग बोक्न लगाएर बोडेवाट लखेटेको विश्वासलाई आधार मानेर परम्परागत उक्त जात्राले निरन्तरता पाउंदैआएको बोडेका बुज्रुकहरुको भनाई रहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र १६ गते मंगलवार ।