काठमाडौ। जिब्रो छेड्ने जात्रा भनेपछि भक्तपुरको बोडेस्थित हुने विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रालाई सवैले सुन्दै तथा बुझ्दैआएका छन्। भक्तपुरकै बोडे नजिकको ठिमीमा पनि सोही प्रकारको जिब्रो छेडाउने जात्रा संचालनमा रहेको र उक्त जात्रा विगत ११ बर्षदेखि रोकिएको प्रायलाई थाहै छैन्।

यस वर्ष मध्यपुर थिमी नगरपालिका ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।
यस वर्ष मध्यपुर थिमी नगरपालिका ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।

ठिमीको यस जात्राले यो बर्षको इन्द्रजात्राको भोलिपल्ट निरन्तरता पाउने भएको छ। यस जात्रामा यस वर्ष मध्यपुर थिमी नगरपालिका ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। जसअनुसार श्रेष्ठले आउँदो भाद्र २१ गते इन्द्रजात्राको भोलिपल्ट विधिवत रुपमा आफ्नो जिब्रो छेडाउने भएका छन्।

उक्त जात्रा भव्य र सभ्य रुपमा व्यवस्थित एवं मर्यादित ढंगले सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति समेत गठन गरिएको छ। सोही समितिले शनिबार पत्रकार सम्मेलन गरी ११ वर्षदेखि रोकिएको ठिमीको जिब्रो छेड्ने जात्रालाई पुनः सुचारु गर्न लागिएको जानकारी दिएको हो।

समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले परापूर्वकालमा ठिमीका बासिन्दालाई भूतप्रेत, ख्याकहरुले दिने दुःखबाट छुटकारा दिलाउन ठिमीका आराध्यदेवी बालकुमारीको साधना गरेपश्चात भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र ख्याकहरुले दुःख दिने छाडेपछि यसलाई ११ वर्षअघिसम्म निरन्तरता दिइएको बताएका छन्।

उनका अनुसार भाद्र शुक्ल पूर्णिमाको दिन साँझ मध्यपुर थिमीको दिगुु टोलस्थित दिगुभैरव मन्दिर अगाडिको डबलीमा जिब्रो छेडिन्छ। बोडेको जिब्रो छेडाउने जात्रा भने, हरेक बर्षको बैशाख २ गते हुंदैआएको छ।
प्रकाशन मिति–२०७४ साल साउन ७ गते शनिवार ।