Dr.Ajaya Kranti Shakya & Ram Bir Manandhar.

काठमाडौ। आसन्न मंसीर २१ गतेको निर्वाचनको जनलहर काठमाडौमा व्यापक रुपमा देखिएको छ। शनिवार काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको पक्षमा जनलहर देखिएजस्तै काठमाडौ क्षेत्र नंबर ७ का प्रतिनिधिसभाका उम्मेदवार रामबीर मानन्धरको पक्षमा पनि त्यस्तै जनलहर देखिएको छ।

Dr. Ajaya Kranti Shakya’s Ghar Dailo progm
Ram Bir Manandhar’s Ghar Dailo progm

बाम एकताका साझा उम्मेदवार डा.अजयक्रान्ति शाक्य काठमाडौको क्षेत्र नंबर ९(क) मा क्रियाशील भएर जनताका इच्छा तथा आकाँक्षाहरुलाई आत्मसात गर्दै लागिपरेजस्तै काठमाडौ क्षेत्र नंबर ७ मा रामवीर मानन्धरको अवस्था पनि त्यस्तै रहेको छ।

काठमाडौको कोर एरिया ठहिटी, असन, क्षेत्रपाटी देखि सीतापाइला नागार्जुन देखि तारकेश्वरसम्म फैलिएको क्षेत्र नंबर ७ मा रामवीर मानन्धरको लोकप्रियता अत्यन्त रहेको छ। यो क्षेत्रवाट प्रतिनिधिसभाको निर्वाचनमा एक पल्ट जित हासिल गरिसकेका अनुभवी तथा प्रखर उम्मेदवार मात्र नभइकन काठमाडौ क्षेत्र नंबर ७ का मतदाताहरुको दुःख–सुखका साथी अनि सहयोगी भएको कारण पनि मानन्धरको लोकप्रियतामा बृद्धि भएको छ।

Ram Bir Manandhar

घरदैलौ कार्यक्रममा जहाँ–जता पुग्दा पनि मानन्धरलाई अबिर तथा फूलमालाले स्वागत गरेर विजयी भवको आशीर्वाद बरिष्ठ नागरिकहरुवाट दिने गरेको पाइएको छ। संविधानसभामा संविधान लेखनमा ठूलै योगदान दिएका मानन्धरले काठमाडौ क्षेत्र नंबर ७ को विकास निर्माण कार्यमा अतुलनीय योगदान दिएका छन्।

Dr.Ajaya Kranti Shakya

डा.अजयक्रान्ति शाक्यले क्षेत्र नंबर ९(क) मा प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत योगदान दिएर स्थानीयको मन जित्ने कार्य गर्दैआएका छन्। चुनाव जितेपछि बन्ने प्रदेश तथा केन्द्र सरकार मार्फत यी दुवै क्षेत्रमा दुवैले सक्दो योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्। बोलेर भन्दा काम गरेर देखाउने दुवैले भनेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर १० गते आइतवार ।