काठमाडौ। बोल्ड एण्ड ब्युटीफुल नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई फेरि पनि भारत स्थित बेलायती राजदूतवासले भिसा दिएन।

दोश्रो पल्टको प्रयास पनि साम्राज्ञीको सफल हुन सकेन। साम्राज्ञीको बेलायतको भिसा रिजेक्ट भयो। इन्टु मिन्टु लण्डनमा नामक नेपाली फिल्मको बेलायतमा शुटिङ हुने भएकोले त्यसको लागि साम्राज्ञीले दोश्रो पटक भिसा आवेदन दिएकी थिइन्।

दोश्रो प्रयासलाई पनि बेलायती दूतावासले रिजेक्ट गरिदिएपछि साम्राज्ञी तनाबमा परेकी छन्। बेलायतमा साम्राज्ञीको प्रतिक्षा गर्दै रहेकी इन्टु मिन्टुकी निर्देशक रेनाशा बान्तवा राई पनि दिक्कै बनेको समाचार स्रोतले भनेको छ।

बेलायतको सेरोफेरोको कथामा रहेको यस चलचित्रमा साम्राज्ञीको प्रमुख भूमिका भएकोले उनको लागि बेलायत आउनु जरुरत थियो। बेलायतमा नयाँ बर्ष २०१८ को सेरोफेरोमा शुटिङ गर्ने लक्ष्यका साथमा निर्माण टीमले दोश्रो पटक फेरि सामाज्ञीलाइइ भिसा आवेदन गर्न लगाइएको थियो।


प्रकाशन मिति–२०७४ साल पुष १५ गते शनिवार ।