काठमाडौ। सुन्दरतामा अझ निखारता ल्याउने कसरत हरेक महिलामा हुने गर्दछ। विशेषत एउटा लिपिस्टिकको प्रयोगले पनि महिलालाई हक्की तथा बोल्ड स्वभावको बनाइदिने गर्दछ।

बोल्ड पर्सनालिटीले कुनैपनि महिलाको व्यक्तित्वमा नै बेग्लै चमक आउने गर्दछ। समाजमा उनको बेग्लै आकर्षण र पहिचान हुने गर्दछ। बोल्ड पर्सनालिटीको विकास गर्न चाहने महिलाहरुले गाढा लिपिस्टिकको प्रयोग गर्ने गर्दछ। जुन यो आधुनिक ट्रेण्ड पनि हो।

आधुनिक ट्रेण्डमा यस्ता उत्पादन तथा रङ्गहरू पर्छन्, जसको प्रयोगले व्यक्तिको अनुहारमा हदैसम्मको परिवर्तन देखिन्छ । त्यस्ता उत्पादनहरूमध्ये गाढा रङ्गको लिपिस्टिक विशेष हो। गाढा रङ्गको लिपिस्टिक लगाउने तरीका यसप्रकार रहेको छ–

ओठमा लाइनिङ्ग गर्ने
ओठमा लिपस्टिक लगाउनु पूर्व लिप बाम लगाएर त्यसलाई मोस्चराइज गर्नु पर्छ । त्यसपछि लिप लाइनर वा लिप पेन्सिलको सहायता ओठलाई सही आकार दिनुपर्छ । ओठलाई आकार दिनको लागि लिप लाइनर वा नदेखिने खालको लिप लाइनरको प्रयोग गर्न सकिन्छ ।

राम्ररी लिपस्टिक लगाउने
ओठमा लिपस्टिकभन्दा लिप लाइनर धेरै समयसम्म टिक्छ । त्यसैले लिपस्टिक लगाउनुअघि लिप लाइनर लगाउनु पर्छ । लिपस्टिक लगाउँदा हल्का भएमा लिप लाइनरको सहायताले यसलाई गाढा देखाउन सकिन्छ । त्यसका लागि लिपस्टिक लगाउनु पूर्व लिप लाइनर प्रयोग गर्न जरुरी छ ।

फैलाएर लिपस्टिक लगाउने
ओठमा फैलिने गरी लिपस्टिक लगाउनुपर्छ । फैलाएर लगाउनाले ओठको प्रत्येक भागमा लिपस्टिक लाने गर्छ । डार्क वा गाढा लिपस्टिक लगाउने यो सबैभन्दा राम्रो उपाय हो ।

सोस्ने र फेरि लगाउने
एकपटक लिपस्टिक लगाइसकेपछि टिस्यु पेपर वा ट्वाइलेट पेपररको एउटा टुक्रालाई दुवै ओठको बीचमा राखेर बाँकी भएको लिपस्टिकलाई सोसेर त्यसमाथि पुनः एकपटक लिपस्टिक थप्न सकिन्छ । लिपिस्टिकको थप एक पत्र बनाउनाले ओठमा लिपस्टिक समान रूपले लाग्दछ ।

लाइन बनाउने
ओठको आकार सही छैन वा सानो छ भने कन्सिलर वा लिपस्टिककै रङ्गको लिप लाइनरको मद्दतले पनि ओठलाई सही आकार दिन सकिन्छ । यसले ओठलाई आकर्षक बनाउन मद्दत गर्छ ।
प्रकाशन मिति–२०७५ साल जेठ १४ गते सोमवार ।