काठमाडौ। चीनिया कम्पनीले बोल्ने, हाँस्ने र गीत गाउन सक्ने यौन खेलौना अर्थात सेक्स डल निर्माण गरेर तहल्का मच्चाएको छ। जिन्दगीमा तनाब भएर हैरान बनेका कतिपयलाई यस सेक्स डलले अत्यन्त मनोरञ्जन दिएको कंपनीको दावी रहेको छ।

चीनिया कंपनी ‘डल स्विट डल’ र ‘एक्स डल’ले संयुक्त रुपमा बनाएको सेक्स डलले बोल्दै, हाँस्दै, रिसाउँदै अनि फेरि गीत गाएर फकाउँदै यौन सन्तुष्टि दिने गरेको उपभोक्ताहरुको भनाई रहेको छ। स्मार्ट फोनको सहयोगवाट सेक्स डलसंग मज्जाले त्यसप्रकारको क्रियाकलापन गर्न सकिन्छ।

प्रारम्भमा चीनिया भाषामा मात्रै कुरा गर्न मिल्ने बनाइएकोे ती डलहरु क्राउडफन्डिंगको सहयोगमा अन्तर्राष्ट्रिय बजारमा अंग्रेजी र जापानिज भाषामा चाँडै उपलब्ध हुने भएको छ। अधिकारीक विक्रेता क्लाउड क्लाइमेक्स प्रमुख पाउल लुम्बले ती डलहरुको मुल्य ४५ सय यूरो करिव ६ लाख रुपैयाँभन्दा माथि रहेको बताएका छन्।

आधुनिक तरिकाले बनाइएका ती डलहरुमा ‘सिलिकन प्रोटोटाइप’ प्रयोग गरिएकोले यौनसम्पर्कमा कुनै समस्या नआउने गरेको निर्माण कम्पनीको दावी छ । ती डलहरुको शरीर सामान्य मानिसको छाला जस्तै लचकदार रहेकोसमेत उल्लेख छ । रोबोट प्रविधिमा बनाइएको ती डलहरु महिला तथा पुरुष दुबै प्रकारमा उपलब्ध हुने गरिएको छ ।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल माघ ६ गते शनिवार ।