Karishma Bolbom1काठमाडौ। साउन महिना हरियो चुरा तथा हरियो पहिरन लगाउने रमाइलो महिनाको रुपमा लिइने गरेको छ। हिन्दू महिलाहरु साउने सोमवारका दिनमा हरियो पहिरन तथा बस्त्र लगाएर महादेवको ब्रत बस्ने प्रचलन रहेको छ। अर्कोतर्फ साउन महिनामा नै यसको पुटको लागि बोल बम जाने परम्परा भारत हुंदै नेपालमा पनि भित्रिएको छ।

Karishma Bolbom2केही बर्षअघिवाट नेपाल भित्रिएको बोल बम संस्कृतिलाई बोल बम कँवरिया संघले नेपालमा २१ बर्षदेखि निरन्तरता दिदै आएको बताइएको छ। यो बर्षको बोल बम यात्रा शुरु भैसकेको छ। काठमाडौको सुन्दरीजलवाट जल लिएर पशुपतिमा अर्पण गर्ने पदयात्राको उद्घाटन समारोहमा यसपालि सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर देखिएकी छन्।

Karishma Bolbom3

करिश्मा मानन्धर आफू नायिकाको रुपमा नभइकन नयाँ शक्ति नेपाल नामक राजनीतिक पार्टीको केन्द्रिय सदस्यको नाताले भाग लिएको खुलासा भएको छ। नायिका मानन्धरले सामाजिक सञ्जालमा उक्त समारोहमा आफू नयाँ शक्ति नेपालको तर्फवाट प्रतिनिधित्व गरेको भनेकी छन्। त्यसरी पार्टीवाट प्रतिनिधित्व गर्दा आफूलाई अत्यन्त खुशी लागेको उल्लेख गरेकी छन्। नायिका मानन्धरले धर्म तथा संस्कृति भनेको राष्ट्रको पहिचान हो भन्न चुकेकी छैनन्। नायिका मानन्धरले बोल बम यात्रामा सहभागिता जनाउने कार्य पनि गरेकी छन्।
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।