काठमाडौं। बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री एवम् लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यले सूर्यमा मतदान गरेका छन्।

नेकपा एमालेका काठमाडौं जिल्लाका शिर्षस्थ नेता समेत रहेका डा.शाक्यले विहान ८ः४५ बजे काठमाडौं महानगरपालिका वडा नंबर २१ लगत फसिगां मतदान केन्द्रमा सूर्यमा मतदान गरेको बताएका  हुन।

नेकपा एमालेका बौद्धिक नेताको रुपमा चिनिएका डा.शाक्य स्थानीय निर्वाचनमा आफ्नो घर–आँगनको सरकार चुन्ने कार्य भएकोले यस निर्वाचनमा सवैको उत्साहप्रद सहभागिता भएको र स्थानीय उम्मेदवारलाई मतदान गर्ने कार्य भएको बताएका छन्।

स्थानीय विकासको आधार भनेको सही पार्टी र उम्मेदवारको चयन भएको कारण नेपाली जनतामा बेग्लै उत्साह बृद्धि भएको पनि डा.शाक्यको भनाई छ।

प्रकाशन मिति–२०७९ साल बैशाख ३० गते शुक्रवार ।