ललितपुर । सामाजिक रुपमा इजरायल सरकार तथा नेपाल सरकारलाई अत्यन्त घनिष्ठ वनाउन सहयोग गर्ने इजरायलका लागि नेपालको पूर्वराजदूत डा.अञ्जान शाक्यको करिब दुई बर्ष अवधिको छोटो कार्यकालमा पनि धेरै राम्रो कार्य भएको बर्षका रुपमा इजरायलमा रहेका नेपालीहरुले लिएका छन्।

त्यस्तै, इजरायल सरकारले पनि पूर्वराजदूत डा.शाक्यको स्वर्णिम कार्यकालको दिल खोलेर तारिफ गर्ने गरेका छन्। विशेषत् इजरायल र नेपाल वीचको उन्नतशील कृषि विनिमय तथा इजरायलमा बढ्दो नेपाली केअभर गिभर क्षेत्रमा नेपालीहरुलाई रोजगार बृद्धि गर्न र गराउनमा पूर्वराजदूत डा.शाक्यको उल्लेखनीय योगदान रहेको छ।

परराष्ट्र मामिलामा दक्ष तथा यसको विज्ञ नै मानिएकी डा.शाक्य परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशक भएर कार्यकाल पूरा गरिसकेकी भएका कारण परराष्ट्र मामिला संवन्धमा उच्च ज्ञान भएको बौद्धिक व्यक्तित्वका रुपमा चिनिने गरेको छ। हाल नेकपा एमालेको परराष्ट्र मामिला संयोजक समेत रहेर कार्यरत रहेकी डा.शाक्यको क्रेज गायन तथा समाचार वाचनमा जस्तै उद्योग–बाणिज्य क्षेत्रमा पनि त्यतिकै रहेको छ। व्यवस्थापन विषयमा पिएचडी होल्डर डा.शाक्य कुनैबेला चेम्बर अफ कमर्शमा पनि महिला उद्यमी संयोजक भएर कार्य गरिसकेकी हुनाले उद्योग तथा व्यापार व्यवसाय क्षेत्रमा डा.शाक्यको बेग्लै पहिचान रहेको छ।

सोही पहिचानका कारण विभिन्न उद्योग–व्यवसायको संचालन तथा शुभारम्भमा डा.शाक्यको सहभागिता एवम् उपस्थितिलाई उद्योगी तथा व्यवसायीहरुले गौरबताको विषयका रुपमा लिइने गरेको छ। यसक्रममा डा.शाक्य नेपालमा सञ्चालनमा आएको कपडाको अन्तर्राष्ट्रिय प्रतिष्ठित ब्राण्ड मिसियोको तेस्रो शोरुम उदघाटनमा प्रमुख आकर्षणका रुपमा डा.शाक्य देखिएकी हुन। ललितपुरको जाउलाखेल उग्रचण्डी मन्दिर नजिक संचालनमा आएको मिसियोको तेश्रो शोरुम उदघाटन डा.शाक्यले गरेपछि मिसियोको तेश्रो शोरुमको शुभारम्भ भएको हो।

डा.शाक्यका साथमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उग्रचण्डी माई संरक्षण समिति (ताम्राकार समाज) का अध्यक्ष बिनोद ताम्राकारको पनि उदघाटन समारोहमा सहभागिता रहेको थियो । मिसियो शोरुमका सञ्चालक रज्जु रञ्जितकारले शोरुम सञ्चालनमा आएसँगै राम्रो ब्राण्ड मन पराउने ग्राहकहरु लाभान्वित भएको र डा.शाक्य लगायतका विशिष्ट अतिथिहरुको उदघाटन समारोहमा उपस्थिति हुदा गौरबता महशुश भएको बताएकी छन्। यसअघि मिसियोको शोरुम काठमाडौंको नयाँ बानेश्वर र सिभिल मलमा सञ्चालनमा आइसकेको छ।

साइप्रसका समेत पूर्वराजदूत रहिसकेकी इजरायलको लागि नेपालको पूर्वराजदूत डा.शाक्य बहुमुखी प्रतिभाको धनी भएको कारण सवै क्षेत्रमा त्यतिकै सक्रिय रहेकी छन्। धेरैको चाहना आगामी मंसीरमा हुन गैरहेको प्रदेश तथा संघीय संसदको निर्वाचनमा काठमाडौंको कुनैपनि क्षेत्रवाट चुनाव लडेमा चुनाव जित्ने धेरैको आँकन रहेको छ। डा.शाक्य भने, यसतर्फ आफूले कुनै सोच नराखेको वताएकी छन्।
प्रकाशन मिति–२०७९ साल साउन २० गते शुक्रवार ।