काठमाडौं। नेपाली चलचित्र उद्योगकी उम्दा नायिका ऋचा शर्मा विवाह–बन्धनमा बाँधिएकी छन्। शनिवार ऋचा विधिवत रुपमा वैवाहिक बन्धनमा बाँधिएकी हुन्। प्रेमी दीपेक्षविक्रम राणासँग ऋचाले लगनगाँठो कसेकी हुन्। ऋचा दुई वर्षदेखि दीपेक्षसँग प्रेममा थिइन्।

दीपेक्ष ललितपुरको पुलचोकमा रहेको लबिम मलका जनरल म्यानेजर हुन्। ऋचाले बिहेको तस्बिर फेसबुकमा राख्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।’

ऋचालाई नायिका साथीहरु प्रियंका कार्की, केकी अधिकारी लगायतले एक महिना अघिमात्रै पोखरामा ब्याचलर पार्टी दिएका थिए। त्यसको एक महिनापछि नै ऋचाले बिहे गरेकी हुन्।
प्रकाशन मिति–२०७६ साल मंसिर २३ गते सोमवार ।