ललितपुर । ब्रम्हज्ञानी महात्मा कृष्णराम महर्जनको नवौं पुण्य तिथिको अवसर पारेर आयोजित बृहत रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान तथा सम्मान कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

रक्तदान तथा सम्मान कार्यक्रममा सोलुसन समाज तथा नेपाल आँखा दान समाजद्वारा संयुक्त रूपमा कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई ज्यापु समाजका केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तथा वाद्यबादक गरू बाबुरत्न महर्जनले सम्मान प्रदान गरेका थिए।

Prem Sagar Karmacharya awarded in Blood Donation 1 कार्यक्रमकै अवसरमा ब्राइट स्टार सोसाइटीका अध्यक्ष बासुदेव अधिकारीलाई दृष्टिबिहीनहरूका लागि सेतो छडी स्रोत बितरण गरिएको थियो कार्यक्रमको सभापतित्व साधुराम महर्जनले गरेको थियो। रक्तदान कार्यक्रममा ७० जना भन्दा बढी स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए।

प्रकाशन मिति–२०७४ साल असोज २८ गते शनिवार ।