Braselsh Bom attactraterकाठमाडौ। बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा श्रृंखलावद्ध बम बिस्फोटन गराउने तीन मध्येको एक शंकास्पदलाई पक्राउ गरिएको छ। नाजिम लाचारावी नाम गरेका ती शंकास्पद व्यक्तिलाई एंडरलेक्ट इलाकावाट पक्राउ गरिएको हो।

पक्राउ परेका उनी विमानस्थलमा हमला हुनुभन्दा एकक्षण अगाडिको सीसीटीवी फुटेजमा देखिएको आधारमा पक्राउ गरिएको बेल्जियमको समाचारपत्रले जनाएको छ। समाचारपत्रका अनुसार नाजिम बाहेक खालिद र ब्राहीम अल बकरावी नामका दुईजनाले हमला गरेका हुन्।

मंगलवार ब्रसेल्समा गराइएको बम विस्फोटमा परेर ३४ जनाको ज्यान गएको छ भने, अढाई सय घाइते बनेका छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र १० गते बुधवार ।