काठमाडौं। ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ। घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको त्यहाँका अधिकारीहरुले अन्तरराष्ट्रिय समाचार माध्यमहरुलाई बताएका छन्।

बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुको भनाई रहेको छ। मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो।

उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन्। मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास भइरहे पनि घटनामा परेकाहरु जिवितै पाइने आशा झिनो बनेको बताए।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल माघ १३ गते आइतवार ।