काठमाडौं। विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुसलीको ऐतिहासिक अमरकथा अव नेपालीभाषामा नै हेर्न पाइने भएको छ। धारावाहिक टिभी सिरियलका रुपमा नेपालीभाषामा अव ब्रुसलीको अमरकथा नेपालका आदिवासीहरुको सामुदायिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनबाट हेर्न पाइने भएको हो।

नेपालीभाषामा अनुवादित ३० भागको यो टिभी सिरियल यही असोज २२ गतेदेखि प्रत्येक विहिवार राति ९ बजे देखि १० वजेसम्म र पुनःप्रसारण शनिवार दिउँसो ४ः०० बजेदेखि ५ः०० सम्म, आइतबार राति १०ः०० बजेदेखि ११ः०० बजेसम्म सोमबार दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म हुुने इन्डिजिनियस टेलिभिजनका अग्रज पत्रकार शैलेश डंगोलले भिजन संसार डटकमलाई वताएका छन्।

पत्रकार डंगोलका अनुसार, अरनिको समाजले टिभी सिरियल बु्रसलीको अमरकथा नेपालीभाषामा अनुवादगरी प्रसारणमा ल्याउन लागेको हो । यो बु्रसलीको जीवनीलाई आधार बनाई गरिएको यो पहिलो टिभी सिरियल हो ।

यो टिभी सिरियलमा बु्रसली आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्षहरु गरी आफुलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफुचलचित्रकानायकका रुपमा स्थापित गरे भन्ने वारे प्रसंगहरु प्रस्तुत गरिएको जनाएको छ। साथै बु्रसलीकोव्यक्तिगत र पारिवारिक विषयहरु यसमा समावेश गरिएको छ।


प्रकाशन मिति–२०७७ साल असोज २० गते मंगलवार ।