काठमाडौं। प्यार तथा मोहब्बत अनि प्रेममा दरार पैदा भएपछि नै ब्रेकअप हुने गर्दछ।

त्यो ब्रेकअप पछि पूर्व प्रेमी–प्रेमिका वीच भेटघाट हुंदाको त्यो क्षणको विषयमा गजबको सटमुबी निर्माण भएको छ। सटमुबी नाम नै दूरी राखिएको छ।

दूरीले कतिको दूरी बढाउने हो या घटाउने हो ? त्यो चाहि सटमुबी रिलिज भएपछि थाहा नै हुनेछ। सटमुबी दूरीको निर्देशन भीम मगरको रहेको छ।

अनिशा पराजुली, भीम मगर र नाना कठायत लगायतको अभिनय रहेको छ। छायांकन कृष्ण कठायतले गरेका छन्।


प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।