काठमाडौं। प्यार, मोहब्बत तथा इश्कमा बलिउडका नायक–नायिका वीच उतार–चढाव हुने गरेको छ। कसैको लामो समयसम्म पनि त्यो प्यार, मोहब्बत तथा इश्कमा बृद्धि भएर विवाह समेत भएर घरवार जोडिएको कयन उदाहरण रहेको छ।

कसैको भने वीचैमा संवन्धको जहाज टुटेका पनि कयन नै रहेका छन् यस वीचमा पछिल्लो जहाज टुटेका जोडीमा हट केक अभिनेता रणवीर कपुर तथा अभिनेत्री कटरीना कैफ रहेका छन्। नायिका आलिया भट्टसंग रणवीर कपुरको प्रेम संवन्ध झांगिएपछि कटरिनासंगको संवन्धमा ब्रेकअप भएको हो।

कटरीनासँगको अघोषित ‘ब्रेकअप’ पछि रणवीरले कटरीनासँगको सम्बन्धबारे मुख खोलेका छैनन्। तर कटरीनाले भने रणवीरसँगको प्रेम अनुभवबारे मुख खोलेकी छन्। कटरिनाले रणवीरसँगको प्रेम सम्बन्ध टुंगिएपछि आफूले भोगेका अनेक विषयलाई पहिलोपटक मिडियामा राखेकी छन्। कटरिनाले पछिल्लो सम्बन्ध सकिएपछि आफ्नो जिन्दगीमा धेरै परिवर्तन आएको खुलाउंदै आफ्नो जिन्दगीसँग जोडिएका कुराको धेरै विश्लेषण पनि गरेकी छन्।

रणबीर कपुरसंग ब्रेकअप भएपछि कटरिनाको मन धेरै नै भारी भएको र त्यसलाई अनेक कोशिश गर्दा पनि भुल्न कठिन भएको यावत कुरालाई मिडिया समक्ष शेअर गरेतापनि आलिया भट्टको अंगालोमा रहेका रणवीर कपुर भने मौन नै रहेको भारतीय समाचार माध्यमहरुमा उल्लेख रहेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ १७ गते शुक्रवार ।